धनगढी: आज बिहानको भूकम्पमा बाजुराका १६ घरमा क्षति पुगेको छ। जगनाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु रहेको ५.२ रेक्टर स्केलको भूकम्पले हालसम्म १६ घरमा क्षति पुगेको विवरण प्राप्त भएपनि मानवीय क्षति नभएको बताइन्छ।
अघिल्लो वर्ष माघ १० गते बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५ं.९ रेक्टर स्केलको भूकम्पमा चर्किएका घर तथा भवनमा आज क्षति पुगेको हो। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन।
गत बैशाखमा पनि बाजुरामा भुईंचालो गएको थियो। पटक पटकका भुईंचालोबाट चर्किएका घरहरुमा आज थप क्षति भएको हो।
Facebook Comments Box