काठमाडौं: सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयाघातको कारण नर्भिक अस्पताल पुर्याइएका उनको उपचारक्रममा हिजो साँझ देहावसान भएको हो।
२०६५ माघ ९ देखि २०७० चैत ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश रहेका उनी न्याय क्षेत्रका थोरै इमान्दार र कर्मठमध्येमा पर्दछन्। सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेको बेला वस्ती कानुनी सल्लाहकार थिए।
सर्वोच्चमा छोटो समय रहँदा पनि छिटो र सबैभन्दा धेरै मुद्दा छिनोफानो गर्ने न्यायाधीशको रुपमा चर्चित थिए। प्रधानन्यायाधीश हुने प्रष्ट रोलक्रमका उनलाई अस्थायी न्यायाधीशकै म्याद नथपेर घर पठाई गोपाल पराजुली र चोलेन्द्र समशेरहरुलाई रोलक्रममा चढाइएको थियो।
मृतक वस्तीका छोरा विदेशमा रहेकाले भोलि मात्रै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
Facebook Comments Box