धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेला इलाकामा सुरक्षा निकायले भन्सार छलि गरेर नेपाल भित्र्याइएका करिब २५ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
आज मंगलबार बिहान करिब ६ बजे मझगाउँ सशस्त्र सुरक्षा बेसबाट खटिएको टोलीले गुप्त सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा कपडा, चप्पल, र मोटरसाइकलका स्पेयर पार्ट्स बरामद गरेको हो। ती सामानहरू बेवारिसे अवस्थामा लुकाएर राखिएको अवस्थामा फेला पारिएको थियो।
बरामद गरिएका सामग्री आवश्यक कानूनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायले भन्सार छलि हुने गतिविधि नियन्त्रण गर्न नियमित गस्ती र विशेष अभियान सञ्चालन गर्दै आएको छ।
Facebook Comments Box