बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला, खाल घर भएका २६ वर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका छन्। रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका उनी भारतको बाटो हुँदै घर फर्कने क्रममा मुरादावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए।
धामीमा मानसिक समस्या देखिएको थियो। उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो। कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाडौँको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए।
भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन्। मृतक धामीको घरमा श्रीमती र एक छोरी छन्।
Facebook Comments Box