बझाङ– बझाङका दुई मतदानस्थलमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल नगरपालिका–८ महादेव माविको मतदानस्थल नजिक शंकास्पद वस्तु भेटिएको हो ।
नारायणवी मावि पिमीको मतदान केन्द्रमा भेटिएको ्प्रेसकुकर बम जस्तो देखिने उक्त बस्तु निष्कृय पार्न विरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।
महादेव मावि अठपाली मतदानस्थल नजिकै बाटोमा पनि रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको हो । त्यहाँ पनि सो वस्तु स्किृय पार्नका लागि नेपाली सेना खटिएको बझाङ प्रहरीले जनाएको छ ।
Facebook Comments Box