बारा– मतदानको क्रममा बारामा झडप भएको जिल्लाको देवताल गाउँपालिका वडा ७ स्थित मतदानस्थलमा झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा १ जनाको टाउको गम्भीर चोट लागेको स्थानीयले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
Facebook Comments Box