धनगढी: बाजुरामा प्रहरीले छाउगोठ भत्काउने अभियान सुरु गरेको छ। जिल्लामा महिनावारी भएका बेला बस्नका लागि घरभन्दा टाढा निर्माण गरिएका छाउगोठ भत्काउ थालिएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीगंगा नगरपालिकामा २९ वटा छाउगोठ भेटिएका र ती छाउगोठ एक हप्ताभित्र नभत्काइए प्रहरीको टोली गएर भत्काइने बताएको छ। सोमबारदेखि सुरु गरिएको सो अभियानअन्तर्गत जिल्लाभरका छाउगोठ भत्काइने प्रहरीले बताएको छ।
बाजुरामा यसअघि पनि अभियान चलाएर विभिन्न समयमा छाउगोठ भत्काइएका थिए।
Facebook Comments Box