धनगढी: बाजुराका एक किशोर पाँच दिनदेखि धनगढीबाट बेपत्ता भएका छन्। खप्तड छेडेदह गाउँपालिका–३, धनाल्तका अन्दाजी १५ वर्षीय नबिन रावत माघ १५ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
धनगढी उपमहानगरपालिकामा अध्ययनरत नबिन बिहान कोठाबाट निस्केपछि हालसम्म फेला परेका छैनन्। परिवारका अनुसार आफन्तसँग बस्दै आएका उनले आन्तरिक विवादका कारण रिसाएर घरबाट निस्किएका थिए।
नबिनका ठुलाबुवा डम्मर रावतले विभिन्न स्थानमा खोजी गर्दा पनि अहिलेसम्म कुनै जानकारी नपाइएको बताए। उनका आमाबुवा रोजगारीका लागि भारतको बेङ्लोरमा रहेका थिए, तर छोराको बेपत्ताको खबर पाएपछि नेपाल फर्किएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, कैलालीले निवेदन प्राप्त भएको पुष्टि गर्दै खोजी कार्य जारी राखिएको जनाएको छ। परिवारले सबैलाई खोजीमा सहयोग गर्न अपिल गरेका छन्।
Facebook Comments Box