धनगढी: धनगढीमा चरेससहित एकजना समातिएका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ मा सञ्चालित एक नास्ता पसलबाट लागुऔषध चरेससहित मानिस पक्राउ गरेको हो।
लागूऔषध व्युरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार साँझ ५:३० बजे धनगढी-३ निवासी ५० वर्षीय हरि सिंह ठगुन्नाले सञ्चालन गरेको नास्ता पसलमा छापा मारेको थियो। सो क्रममा पसलभित्र लुकाइछिपाई राखिएको अवस्थामा ३०२ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ।
Facebook Comments Box