धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद भएपनि मतदान स्थगित गरिएको छ । मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान स्थगित गरिएको हो ।
विवादपछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान स्थगित गरिएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताइन् । अब मतदान कहिले भन्ने यकिन नभएको उनले बताइन् ।
निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाईने उनको भनाइ छ।
Facebook Comments Box