दार्चुला– दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पोखरसिंह लोथ्याल विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् । लोथ्यालले १८३ मत ल्याएर विजय हाँसिल गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए ।
पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहराले २०२ ल्याउँदै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मानन्द मन्यालले १२३ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी देवकी बोहराले १६६ र एमालेकी उर्मीला बोहोराले १२१ मत ल्याएका छन् ।
Facebook Comments Box