काठमाडौं– नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जसले गर्दा मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । प्रदेश १, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ । प्रदेश एक, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ साथै मधेस प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजराति पनि पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन÷चटयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comments Box