डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । काँग्रेसलाई एमालेसंग तालमेल गरेको काँग्रेस (बीपी)ले पछ्याइरहेको छ ।
७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली काँग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन् । अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन् ।
डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएपछि असन्तुष्ट समूह नेपाली काँग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ । कांग्रेस (वीपी)ले अमगरगढीसहित जिल्लाका विभिन्न पालिकामा एमालेसंग तालमेल गरेको छ ।
Facebook Comments Box