काठमाडौं: कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो घोडाघोडी नगरपालिका–१ टनकपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१ का राजेश चौधरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहका अनुसार भे १ ज १४७६ नम्बरको पिकअप हाइसले से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
हाइस चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box