कञ्चनपुर – कञ्चनपुरमा माओबादीले वडाध्यक्षमा जित निकाल्दै खाता खोलेको छ । जिल्लाको बेलौरी नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्टले ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नमराज शाहीले ५ सय ५२ मत ल्याए । कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएर तेस्रो भए । बेलौरीको मेयर र उपमेयरमा पनि माओवादीकै अग्रता छ ।
Facebook Comments Box