कैलाली– धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन् ।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएको छ।
धनगढीमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ ।
Facebook Comments Box