डडेल्धुरा– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ ।
जिल्लाको आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा (योगेन्द्र) विजयी भएका छन् ।
देउवाले ४ सय ५७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी बोहराले ३७७ मत ल्याए । नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सुरत बोहराले ६५ मत प्राप्त गरे ।
महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेबी कामी ३ सय ९२ मत प्राप्त गर्दै विजय भएका छन् । खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भएका छन ।
Facebook Comments Box