रोल्पा– रोल्पाको रोल्पा नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का प्रकाश डाँगी गोलाप्रथाबाट विजयी भएका छन् । डाँगी र कांग्रेसका देउचन थापाले बराबरी ५४३ मत ल्याएपछि गोलाप्रथा गरिएको थियो ।
सुरुवाती चरणमा डाँगीको अग्रता भएपनि अन्तिममा थापाले मतान्तर घटाउँदै बराबरी बनाएका थिए । यहाँ एमालेले ७४ र राप्रपाले ३५ मत ल्याएको छ ।
Facebook Comments Box