डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार धनबहादुर साउँदले अग्रता लिएका छन् । ९ सय ५२ मत गन्दा साउँदले २ सय ९५ मतसहित अग्रता लिएका हुन् । नेकपा एमाले छाडेर उनले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनलाई कांग्रेसका टेकराज पाण्डेयले पछ्याइरहेका छन् । उनले २ सय ३३ मत पाएका छन् । गत निर्वाचनमा विजयी भएका माओवादीका उमेश भट्टले भने १ सय ८४ मत पाएका छन् भने एमालेका पदम पालले १ सय ४८ मत पाएका छन् ।
Facebook Comments Box