कैलाली– कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा सुरुवात गरेको छ ।
नगरपालिका–१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम दुलारे चौधरी प्यानलसहित विजयी भएका छन् । उनी ८ सय २६ मत ल्याई विजय भएका हुन् ।
महिला सदस्यमा सुनिता चौधरीले ८ सय ४३, दलित महिला सदस्य मातादेवी दमाईले ८ सय २२, सदस्यद्वय गोपुल दास डगौरा चौधरीले ८५१ र रामनाथ चौधरीले ७९० मत ल्याएर विजय प्राप्त गरे ।
Facebook Comments Box