दार्चुला– दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन् ।
मेयरमा चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् ।
भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । विष्टले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।
Facebook Comments Box