कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा मतपेटिकामा मुचुल्का भन्दा बढी मत्रपत्र भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठकले पनि सहमति जुटाउन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।
भीमदत्त नगरपालिका वडा नं. २ को मतगणा गर्ने क्रममा एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र भेटिएपछि विवाद भएको थियो । दिउँसो १२ बजेपछि मतगणना रोकिएको छ ।
नेपाली कांग्रेसबाहेक अरु दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेको बताइएको छ । अन्य दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगले भने अस्वीकार गरेको एक नेताले बताए ।
दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु हुन सकेको छैन । भीमदत्तमा मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।
Facebook Comments Box