डोटी– डोटीमा कांग्रेसको विजय र्यालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । जिल्लाको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले विजय र्याली निकालेको थियो ।
Facebook Comments Box