कैलाली- कैलालीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको छ ।
नेपाल पत्रकार महासंंघ कैलालीका उपाध्यक्ष एवम् एभिन्यूज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिस विक र एभिन्यूज टेलिभिजनका कैलाली संवाददाता राजन जैगडीलाई अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले र विभिन्न पत्रकार संघ संगठनहरुले यस्तो माग गरेको हो ।
यस्तै, नेपाल पत्रकार महासंंघ कैलाली शाखा, प्रेस चौतारी नेपाल कैलाली शाखा र प्रेस सेन्टर नेपाल कैलाली शाखाले पनि विज्ञप्ति जारी गर्दै । सो घटना आपत्तिजनक रहेको बताउँदै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।
Facebook Comments Box