बुटवल – स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
वैशाख २८ मा बुटवलस्थित मिलन चोकमा वम विष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक रहेका छन् ।
उनीहरुलाई जेठ १ मा बुटवल उप–महानगरपालिका–१३ नयाँ गाउँ र सैनामैना नगरपालिका–१ बाट पक्राउ गरिएको एसपी रेग्मीले बताए।
घटनास्थलमा नेकपा माओवादी केन्द्रीय समितीले चुनाव बहिष्कारबारे ‘कमरेड नेपाल’ले जारी गरेको विज्ञप्ती भेटिएको थियो । वैशाख २८ मा साँझ बुटवल उप–महानगरपालिका वडा नम्बर–९ मिलनचोक स्थित आकाशेपुल मुनि प्रेसर कुकर बम विष्फोट भएको थियो ।
Facebook Comments Box