गण्डकी – स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।
पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटको २२ हजार १२२ मत छ भने एमालेका मञ्जु देवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेका छन् ।
Facebook Comments Box