कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमराज ओझा ४ हजार ८ सय मतसहित अग्रस्थानमा छन् ।
उनलाई एमालेका लोकेन्द्र मल्लले ४ हजार १ सय ९४ मतसहित पछ्याइरहेका छन् । नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ भने वडानम्बर ४ र ७ को मतगणना चलिरहेको छ।
यस्तै उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६ सय १६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३ सय ३२ मत ल्याएकी छन् ।
Facebook Comments Box