बैतडी– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी बैतडीमा एक वडासमेत जित्न नसकेर निल बनेको छ। जिल्लाका १० पालिका र ८४ वडामा समाजवादीले एक सिट पनि ल्याउन सकेको छैन ।
पालिका अध्यक्ष र वडाध्यक्ष गरी ३७ ठाउँमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको नतिजा शून्य आएको हो । जिल्लाको मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको समाजवादीले तीनै ठाउँमा पराजय व्यहोरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा भने २६ भोटले मात्रै समाजवादीका उम्मेदवार नरेन्द्र बिष्ट अध्यक्षमा पदमा पराजित भएका छन्।
अन्य ठाउँमा भने निकै मतान्तरले समाजवादीका उम्मेदवारहरु पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा पराजय भोगेपछि समाजवादीले चुनावी समीक्षा समेत गरेको छ ।
Facebook Comments Box