काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले भनेको जस्तै ‘कोर यरिया’मा बालेन साह भन्दा तेब्बर बढी मत ल्याएका छन् । महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन् ।
रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन् ।
उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन् । अर्कातिर आँखीझ्यालका सुमन सायमीले ३१ भोट ल्याएका छन् ।
Facebook Comments Box