अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीसमेत रहेकी अम्बिका चलाउने विजयी भएकी छन् ।
यससंगै उनी जिल्लाकै पहिलो महिला मेयर बनेकी छन् । यसअघि नगर उपप्रमुख चलाउनेले ३ हजार ६ सय ५३ मतसहित माओबादीका उम्मेदवार रामबहादुर बिकलाई पराजित गरिन् ।
चलाउनेका निकटतम प्रतिद्वन्द्वी बिकले ३ हजार १ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका नन्दबहादुर कडायतले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।
समाजवादीका योगेन्द्र बहादुर बिष्टले ६ सय ९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १ सय ५४ प्राप्त गरे । उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार हर्कबहादुर रावलले ४ हजा १ सय ८८ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रिता रावलले २ हजार ६ सय १८ मत प्राप्त गरिन् ।
एमालेका राजु सञ्ज्यालले १ हजार २ र समाजवादीका कृष्णा जैसी न्यौपानेले ८ सय ७८ मत प्राप्त गरे ।