बारा– विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा बारामा पहिलो जित निकालेको छ । जिल्लाको फेटा गाउँपालिकामा विवेकशीलका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका छन् । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे ।
उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरिन् । स्थानीय तह निर्वाचन विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।
Facebook Comments Box