बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार विष्ट २३ हजार ४६० मतसहित विजयी हुँदा नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।
नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।
यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा जितेको राप्रपा यसपटक तेस्रोमा सीमित हुनपुगेको छ । नगरप्रमख र उपप्रमुख दुबै पदमा राप्रपा तेस्रो भएको छ । यसअघि नेपपालगञ्जको मेयरमा राप्रपाका नेता धवलशम्सेर राणा विजयी भएका थिए ।