काठमाडौं- ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् ।
Facebook Comments Box