काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगरपालिकाको कोर सिटीमा पनि अग्रता कायम गरेका छन् । उनले मेयरमा २७ हजार ९६७ ल्याएका छन्।
यस्तै, दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४३९ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना सकिएपछि शुक्रबार भर्खरै वडा नम्बर २६ को मतगणना सुरु भएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । उनले सुरुवातदेखिनै आफ्नो फराकिलो अग्रता कायम गरेकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् ।
एक साताअघिदेखि सुरु भएको मतगणना जारी छ ।
Facebook Comments Box