कैलाली– कैलालीमा हावाहुरीले चलिरहेको बसमा रुख ढल्दा त्यसमा सवार ६ जना घाइते भएका छन् । जिल्लाको लम्किचुहा–८ स्थित गप्कामा गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिएपछि त्यसमा सवार पाँच जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box