चितवन– चितवनमा हावाहुरीका कारण फरक–फरक ठाउँमा सवारी साधनमा रुख ढल्दा तीन जनाको मृत्यु भएको छ ।
भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ ।
यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको छ ।आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।
Facebook Comments Box