कैलाली– कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिक जंगलमा ठक्कर दिएको हो ।
दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए । उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box