डोटी– धनगढीबाट अछाम जाँदै गरेको बस डोटीस्थित सेती नदीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
बस सडकबाट सेती नदीको किनारमा खसेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन् । बस करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
Facebook Comments Box