चितवन– चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले नगरपालिकाका १४ वटा वडाको मत गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।
गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा (एमाले)ले वडा नम्बर–३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ एवं नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर–१३ मा विजय हासिल गरेको छ ।