बझाङ– बझाङमा एक सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८०५ रुपैयाँ चोरी भएको हो ।
सहकारीको भवनको मूलढोकाको ताला फोडी अज्ञात समूहले कोठामा रहेको सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ । चोरीमा संलग्नहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box