बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी शुरू गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अब वैदेशिक रोजगारीमा जानेहरुले जिल्ला प्रशासन कार्यालय बैतडीमा ३ हप्ता भित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले ५ हजार शुल्क तिर्नुे पर्नेछ ।
यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ । राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा अब भने ३ हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो ।
यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।
Facebook Comments Box