कैलाली- कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि दबाव सृजना गर्न अत्तरियामा गठिन संघर्ष समितिले पहिलो दिन पाँच हजार हस्ताक्षर संकलन गरेको छ । अत्तरिया चोकमा संचालन गरिएको उक्त अभियानमा स्वस्फुर्त रुपमा स्थानीयले हस्ताक्षर गरेका हुन् ।
संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले सरकारलाई भौतिक रुपमा निर्माण सम्पन्न भएको मेडिकल कलेजलाई संचालनमा ल्याउनको लागि दबाव हस्ताक्षर संकलन गरिएको बताए । उनले २० हजार हस्ताक्षर संकलन गरेर गेटा मेडिकल कलेज छेउमै कार्यक्रम आयोजना गरेर प्रमुख जिल्ला अधिकारी लगायत सरोकारबाला निकायलाई बुझाइने बताए ।
उनले हस्ताक्षर कार्यक्रममा व्यापक रुपमा जनसहभागिता देखिएको बताए । उनले अस्ताक्षर अभियान आइतबार सम्म जारी रहने बताए । अहिले गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरिया र धनगढीमा विभिन्न बिरोधका कार्यक्रम संचालन भइरहेका छन् ।