कञ्चनपुर– कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका आरक्षपीडितका समस्या समाधान पहल गरिदिन माग गर्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको छ ।
बेलडाँडी गाउँपालिकाका निर्वतमान प्रवक्ता तथा निर्वतमान वडाध्यक्ष अम्मरबहादुर खत्रीको नेतृत्वमा आएको टोलीले नवनिर्वाचित अध्यक्ष हरिचन्द्र रानालाई समस्या समाधान गर्नका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापत्र पत्र बुझाएका हुन् । गाउँपालिकाको बेलडाँडी र लालझाडी गाउँपालिकाको ढक्का शिविरमा बस्दै आएका आरक्षपीडितका समस्या समाधानका लागि प्रदेश तथा संघ सरकारसंग समन्वय गरि पहल गरियोस भनि ज्ञापन पत्र बुझाइएको खत्रीले बताए ।
ज्ञापन पत्र बुझदै अध्यक्ष रानाले आरक्षपीडितको पक्षमा आफू रहेको र यो समस्या समाधान गर्नका लागि प्रदेश र संघ सरकारलाई गुहार माग्ने बताए । उनले आफ्नो पहिलो प्राथामिकता आरक्षपीडितको समस्या समाधान गर्नु रहेको बताए ।
२०५८ साल संकटकालको अवस्थामा साबिक बेलडाँडी गाविसको ७ र ९ हालको १ र २ मा बसोबास गर्दै आएका २२८ परिवार र रौतेली गाविसको विभिन्न वडाबाट विस्तापित गराई बेलडाँडीमा शिविरमा बस्दै आएका लगभग १४० परिवार हाल बेलडाँडी र लालझाडी गाउँपालिकाको ढक्का शिविरमा बस्दै आएका छन् ।