कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले झर्नाखोला कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
बेलडाँडी गाँउपालिका १ र बेलौरी नगरपालिका ९ भएर बग्ने झर्नाखोला कटानीका कारण उर्बराभूमि क्षति हुँदै गएको छ ।
झर्नाखोलाबाट पीडित नागरिकलाई आवत जावत गर्नका लागि राना टोल, ऐरी परिवारको घर जोड्ने क्षेत्रमा पुल निर्माणदेखि बेलौरी बेलडाँडी जोडने खडकखण्ड विस्तारमा समेत अनुरोध गरिएको छ ।
स्थानीय एव झर्नाखोला पीडित सुरेन्द्र साउदले झर्नाखोलाबाट पीडित नागरिकलाई घर जान पुल निर्माण, सडक विस्तार एव कटान नियन्त्रणका लागि गाँउपालिकाबाट पहल गरिदिन आग्रह गरेका छन् ।
स्थलगत अनुगमन गर्दै गाउँपालिका प्रमुख रानाले कटानी नियन्त्रण गर्न तटबन्ध निर्माण, सडक विस्तार एव पुल निर्माणका लागि आगामी आर्थिक वर्षदेखि कामकाज शुरु गर्ने आश्वासन दिएका छन् ।
Facebook Comments Box