कैलाली– सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन सूचित गरेको छ । एक सूचना जारी गर्दै निर्वाचन कार्यालयले उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो ।
निर्वाचन कार्यालयले सम्पूर्ण पालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।
साथै तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।
Facebook Comments Box