काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज (सोमबार) बिहान छलफल भएको हो ।
छलफलमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
एकीकृत समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय हिजो (आइतबार) सचिवालय बैठकबाट गरेको थियो ।
यीलगायत समसामयिक विषयमा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुराकानी भएको हो ।
Facebook Comments Box