काठमाडौँ — प्रतिनिधिसभाको सोमबारको बैठकमा बलात्कार मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा भइरहेको बहसमा सांसदहरूले हदम्याद राख्ने कि नराख्ने, हदम्याद राखिए कस्तो अवस्थामा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् । उनले हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्न सक्ने बताउदै यसले न्याय पाउन मुश्किल हुने बताइन् । उनले महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म सांसद हो; देशको लागि कानुन निर्माण गर्न आएका छौं ।’
सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने धारणा राख्दै सांसद सत्गौवाले हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका व्यक्त गरिन् ।
सांसदले पुरुषका लागि पनि बोल्नुपर्ने बताउदै पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने सांसद सत्गौवाको भनाइ थियो । उनले भनिन् ‘विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । कुन कुन अवस्थाका लागि हदम्याद राख्नुपर्छ भन्ने ख्याल गर्नुपर्छ,’ उनले भनिन् ।