काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ ।
बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।
सिफारिस भइसकेपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसे पनि अन्य महत्त्वपूर्ण एजेन्डाहरूका कारण यसबारे निर्णय हुन सकेको थिएन ।
Facebook Comments Box