काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेरको निर्णयबाट ब्याक भएका छन् । उनले हटाउने भनेर नाम सिफारिस गरेका मन्त्रीहरू अब यथावत आफ्नो पदमा रहनेछन् ।
एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि आज दिउँसो माधव नेपाल ब्याक हुने निर्णयमा पुगेका हुन् ।
माधव नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गरेको छलफलमा कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएपछि नेपाल ब्याक हुन तयार भएका थिए ।
अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीका अलावा राज्यमन्त्री भवानी खापुङ पदमा यथावत् रहनेछन् ।
Facebook Comments Box