बुटवल – नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।
अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि गोली कसैलाई लागेको छैन ।
प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबिच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box